सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कृष्णलाई ‘बुटवलश्री’ शारीरिक सुगठनको उपाधि

आइतबार, ११ बैशाख २०७९खेलपाटी संवाददाता
कृष्णलाई ‘बुटवलश्री’ शारीरिक सुगठनको उपाधि

butwal shree.jpg

Loading ad...
mustang rice ad

बुटवल । बुटवलमा सम्पन्न प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि कृष्ण श्रेष्ठले जितेका छन् । ७५ केजी तौल समुहमा बिजेता भएर फाईनल चरण पुगेका फिटनेस टाइम सैनामैनका कृष्ण खुल्लातर्फ च्याम्पियन बन्दै प्रतियोगिताको उपाधि जितेका हुन् । प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीको चुनौतीलाई पार गर्दै उनले उपाधि सहित नगद १ लाख रुपैयाँ हात पारे ।

प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ नेपालगंज एच एण्ड एफका सबिन थापा प्रथम, भलु भैरब जिम सुनवलका सुरज बहादुर बराल द्वितीय र फिटनेस हब बुटवलका स्यामुल गुरुङ्ग तृतीय भए । 

६० केजि तौल समुहमा हेल्थ बेनफिट नेपालगंज बाँकेका सिद्धान्त जसेरिया प्रथम, मदन भण्डारी स्पोटर्स एकेडमी सुर्खेतका अमृत रोकाय क्षेत्री दोश्रो, मोटिभेसन जिमका माधव सुवेदी तृतीय भए । 

त्यस्तै ६५ केजी तौल समूहमा रत्नश्री जिम पोखराका सुरेश लाना प्रथम, भलु भैरब जिम एण्ड फिटनेसका लेख बहादुर गुरुङ्ग दोश्रो र पाबर जिम पोखराका संजिब पुन तेस्रो बने । 

७० केजी तौल समुहमा एक्सट्रिम फिटनेस क्लब रुपन्देहीका मान बहादुर राना प्रथम, हेमर फिटनेसका राकेस यादब दोश्रो र भुमही जिम एण्ड फिटनेसका नवराज डुम्रे तेस्रो स्थानमा चित्त बुझाए । 

त्यसैगरी ७५ केजी तौल समुहममा फिटनेस टाइम मुर्गियाका कृष्ण श्रेष्ठ प्रथम, नेपाल जिम एण्ड फिटनेसका अनिश थापा दोश्रो तथा मिड वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा तृतीय बने ।

त्यसैगरी ७५ केजी तौल भन्दा माथिको समुहमा प्याराडाइज फिटनेस सेन्टरका विवेक सिह दर्लामी प्रथम, हेल्थ वेनिफिट नेपालगंजका सितान्शु पाण्डे दोश्रो र रोयल जिम एण्ड फिटनेसका कुशल गुरुङ्ग तेस्रो भए ।

प्रत्येक तौल समूह प्रथम, दोश्रो र तेस्रो भएका खेलाडीहरुले मेडल, प्रमाणपत्र प्राप्त गरेको थिए । हरेक विधामा दोश्रो र तेस्रो हुने खेलाडीले जनही क्रमश ५ हजार र तीन हजार रुपैयाँ हात पारे ।

तौल समुहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ६ जना बिजेता खेलाडीले अन्तिम प्रतिस्पर्धा गरेका थिए । फाइनल राउन्डमा अन्य पाँच जना खेलाडीलाई उछिनेर कृष्ण श्रेष्ठ च्याम्पियन बने ।

बिजेता बनेका उनले १ लाख नगदसँगै विभिन्न पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उपविजेता भएका अन्य ५ खेलाडीलाई आकर्षक पुरस्कार सहित जनही १० हजार र ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको निर्णय मुख्य निर्णायक श्याम श्रेष्ठ, अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य नानीकाजी डंगोल तथा राष्ट्रिय निर्णायक शिवध्वज राई, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठले गरेका थिए । 

कार्यक्रम रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध