काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।
आइतबार हुने एक मात्र खेलमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
लखनउ आज पाँचौ जितको खोजीमा रहेको छ ।
लखनउ ७ खेलमा ४ जितसहित ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
मुम्बई आज पहिलो जित निकाल्न चाहन्छ । यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो ।
मुम्बई ७ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।
यस अघिको भेटमा लखनउले मुम्बईलाई १८ रनले हराएको थियो ।
तर, दोस्रो भेटमा मुम्बई हारको बदला लिन चाहन्छ ।