मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मी च्याम्पियन, सरस्वती र इन्द्र उत्कृष्ट

शनिबार, १० बैशाख २०७९खेलपाटी संवाददाता
आर्मी च्याम्पियन, सरस्वती र इन्द्र उत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुष÷महिला दुवैतर्फको उपाधि जितेको हो । पुरुषमा आर्मीले ५ स्वर्ण र २ रजत जित्यो । महिलामा आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।

प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राना उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कारवापत प्राप्त गरे । प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कांस्य हासिल गरे ।

बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने । पुरुष ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पूरन सुनुवारलाई पन्छाउदै शीर्ष स्थान हात पारे । एपीएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । बाग्मती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेश्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे । मधेशका कोशिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेश्रो स्थानमा सीमित भए । पुरुष ८१ क्ेजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपीएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेश्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गरिन् । १३ औं साग स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपीएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेश्रो भए । महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउदै पहिलो भइन् । एपीएफकी नाङजा बूढा मगर र प्रदेश १ की सुस्मिता राई कांस्यमा रोकिए । महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपीएफकी संगीता डंगाललाई पाखा लगाउदै स्वर्ण हात पारिन् । प्रदेश १ की नारिका राई तथा बाग्मतीकी शशिकला राई तेश्रो बने । आर्मीकी पुनम रावलले एपीएफकी विनिता थापा मगरलाई पन्छ्याउदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन् । मधेशकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेश्रो भए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सन्जिव तुलाधर, प्रतियोगिता संयोजक राजिव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए ।

Loading ad...
LiNing Ad
आर्मी च्याम्पियनसरस्वती र इन्द्र उत्कृष्ट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने