काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बईमा शनिबार कोलकत्ता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
गुजरातले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका आन्द्रे रसेलले ४८ रन बनाए । रिन्कु सिंहले ३५ तथा उमेश यादवले अविजित १५ रन बनाए ।
गुजरातका मोहमद शामी, याश पटेल र राशिद खानले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
गुजरातका कप्तान हार्दिक पान्डयले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा डेभिड मिलरले २७ रन बनाए । रिद्दिमान शाहले २५ रन जोडे ।
कोलकत्ताका आन्द्रे रसेलले ४ तथा टिम साउथीले ३ विकेट लिए ।
यस जितसँगै गुजरातले ७ खेलमा १२ अंक जोडेको छ ।
गुजरातको यो छैटौं जित हो ।
कोलकत्ता ८ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।