काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले सिजनको बाँकी खेलहरु गुमाउन सक्ने भएका छन् ।
पिडुलाको चोटको कारण पोग्बाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
२९ वर्षीय मिडफिल्डरले लिभरपुलविरुद्धको खेलमा चोट बोकेका थिए ।
पोग्बा कम्तिमा ४ हप्ता मैदान बाहिर रहने छन् ।
अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकले पोग्बाले सिजनको बाँकी खेल गुमाउन सक्ने बताए ।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेलमा ३९ गोल गरिसकेका छन् ।