मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेशमान बक्सिङ : भूपेन्द्र र पुरन फाइनलमा

शुक्रबार, ०९ बैशाख २०७९खेलपाटी संवाददाता
गणेशमान बक्सिङ : भूपेन्द्र र पुरन फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । 

बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । 

उनी १३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता खेलाडी हुन् । यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाए । प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोलले पाखा लगाए । 

पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपीएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरे । १३औं सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बागमती प्रदेशका शिरिस खनाललाई पराजित गरे । 

पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोशिश श्रेष्ठ र प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिल राज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गरे ।

दीपकले प्रदेश १ का प्रसाङ लिम्बू र श्यामले बागमती प्रदेशका रोशन स्याङ्तानलाई पराजित गरे । 

पुरुष ९१ केजी तौल समूहमा एपीएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले उपाधि भिडन्त पक्का गरे । रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश १ का प्रसिश रुचाललाई स्तब्ध बनाए ।

महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङले उपाधि भिडन्त पक्का गरे ।

दिवानाले एपीएफकी सञ्जुमाया थिङ र मीनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई पराजित गरे । 

महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाल र एपीएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए । दंगालले बागमती प्रदेशकी शशीकला राई र सुनारले प्रदेश १ की नारिका राई पराजित गरे । 

महिला ६९ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेशस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा स्थान बनाए । 

महिलाकै ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुगे । सरस्वतीले मधेस प्रदेशकी पूजा गुप्ता र निरुले प्रदेश १ की त्रिशा लिम्बूलाई पराजित गरे ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीकोे सहभागिता रहेको छ । 
प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।

Loading ad...
LiNing Ad
#गणेशमान बक्सिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने