• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिमा एपीएफ र पुलिसको दाबी 
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख ९, २०७९ खेलपाटी संवाददाता
उपाधिमा एपीएफ र पुलिसको दाबी 
byc.JPG

धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । 

धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । 

वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । 

उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् । 

‘पहिलो पटक लाईटमा खेल्दा आउने समस्याले गाह्रो भईरहेको छ । कुनै वेला लाईट विग्रिदा खेलको रिदम विग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन्, ‘सात वर्षपछि फाईनल पुगेका छौं । महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन हुन्छौ । त्यही हिसाबको तयारी छ । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए ।

‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’ प्रशिक्षक थारुले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ 

एपिएफल सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो । 

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दावी गरेको छ । लामो समयपछि प्रतियोगिताहरुको फाईनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताईन् । 

‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं ।’ कप्तान  गुरुङले भनिन्, ‘लाईटमा नयाँ अनुभव लिईरहेका छौं । रमाईलो पनि भईरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राती हुँदा सजिलो पनि भएको छ ।’
पुलिसका प्रशिक्षक संजीव जोशीले पनि जित्नकै लागि फाईनल खेल्ने बताए ।

‘धेरै बर्षपछि फाईनल पुगेका छौं । जित्नको लागि खेल्छौं ।’ प्रशिक्षक जोशीले भने, ‘मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भईरहेको छ । नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाईरहेको छ । राम्रै नतिजा आउँछ ।’ 

पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो । 

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । 

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सूदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP