एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई हराएको छ ।
बिहिबार राति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा खेलको ११ औं मिनेटमा पियरिक इम्रिक अबुमियाङले विजयी गोल गरे । उनले स्पेनिस लिगको ११ औं खेलमा ९ गोल पुरा गरेका छन् । जित सहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
म्यानचेस्टर सिटीका पूर्व खेलाडी फेरान टोरेसको क्रसमा आर्सनलका पूर्व खेलाडीले हेडमार्फत गोल गरेका थिए ।
अबुमियाङ गत फेब्रुअरीमा फ्रि–ट्रान्सफरमा बार्सिलोनासँग जोडिएका हुन् । अनुशासनको विषयमा उनी गत डिसेम्बरबाट मैदानमा देखिएका थिएनन् । यस सिजन मेफिस डिपेले मात्र यस सिजन बार्सिलोनामा अबुमियाङ भन्दा बढी गोल गरेका छन् ।
बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । क्लब शीर्ष स्थानको रियल मड्रिड भन्दा १५ अंकले पछि छ । रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ ।
च्याम्पियन्स लिगमा स्थान बनाउन क्लब ६ अंकले पछि छ । रियललाई ३५ औं लिग उपाधि जित्न बाँकी ५ खेलमा मात्र ४ अंक आवश्यक छ ।