एजेन्सी । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एनफिल्डमा समर्थकले आफुप्रति देखाएको सद्भावलाई धन्यवाद दिएका छन् ।
रोनाल्डोले एनफिल्डमा प्रशंसकले दिएको सम्मानलाई आफुले कहिल्यै नबिर्सने बताएका हुन् ।
एनफिल्डमा गत मंगलबार छोरा गुमाएका रोनाल्डोलाई लिभरपुल र युनाईटेडका समर्थकले सम्मान गरेका थिए । लिग खेलको दौरान दुवै क्लबका समर्थकले ताली बजाएर रोनाल्डोको शोकमा एक्यबद्धता जनाएका थिए ।
गत मंगलबार एनफिल्डमा युनाईटेड र लिभरपुल आपसमा भिडेका थिए । लिभरपुलका समर्थकले खेल सुरु भएको सात मिनेटपछि क्लबको धुन गाउँदै रोनाल्डोको जर्सी प्रर्दशन गरेका थिए । उनीहरुले भनेका थिए, तिमी कहिल्यै एक्लै हिड्ने छैनौं ।
रोनाल्डो अनुपस्थित रहेको खेलमा युनाईटेड ४–० ले पराजित बनेको थियो ।

'एक विश्व, एक खेल, पुरा विश्वव्यापी परिवार, धन्यवाद एनफिल्ड ।' रोनाल्डोले भनेका छन् ।
रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले सोमबार आफ्नो बच्चाको मृत्युको घोषणा गर्दै भनेका छन् कि यो कुनैपनि अभिभावकले महशुश गर्न सक्ने सबैभन्दा ठुलो पिडा हो ।
३७ वर्षिया रोडिग्वेज जुम्ल्याहा बच्चाको पर्खाईमा थिईन् ।
उनीहरुकी छोरी भने सकुशल अवस्थामा छिन् ।
‘हामीलाई यसले केही आशा र खुसीका साथ बाँच्न बल दिनेछ ।’ उनीहरुले भनेका छन् ।
युनाईटेड र लिभरपुलका खेलाडीले रोनाल्डो र उनको परिवारको सम्मानमा हातमा कालोपट्टी लगाएका थिए ।