एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग जितेर उपाधिको रक्षा गर्छ कि त्यही उपाधि लिभरपुलले खोस्नेछ ?
इंग्लिस फुटबलमा यो सिजनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो ।
शीर्ष दुई स्थानमा रहेका सिटी र लिभरपुलबीच जम्माजम्मी एक अंकको दूरी छ, जुन कुनै पनि बेला तलमाथि हुन सक्छ ।
सिटीले हिजो राति बुधबार ब्राइटनलाई हराएपछि अब दुवै टिमले लिगमा छ खेल खेल्ने मात्र बाँकी छ । अहिले तत्कालका लागि सिटी नै उपाधि जित्नका लागि बलियो प्रत्यासी रहेका छ ।
सिटीले वास्तवमै डिफेन्डिङ च्याम्पियनका रूपमा लिग जित्ने के गर्नु पर्छ त ? यसको उत्तर भने सजिलो छ, जुन सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाको हो ।
उनी भन्छन्, ‘हामीले लिग जित्ने हो भने बाँकी सबै खेल जित्न सक्नु पर्छ, होइन भने उपाधि लिभरपुलले जित्नेछ । हामीले अबका कुनै पनि खेल गुमाउनु हुन्न ।’
ग्वार्डिओला के पनि मान्छन् भने लिभरपुल निकै बलियो छ र आफ्नो प्रशिक्षक जीवनमा सामना गरेका सबैभन्दा राम्रा टिममा एक मान्छन्, अनि आफ्ना समकक्षी योर्गन क्लोपका पनि प्रशंसक हुन् ।
ग्वार्डिओला थप्छन्, ‘लिभरपुल कति धेरै बलियो राम्रो छ भने अब हामीले लिगका कुनै पनि खेलमा अंक गुमाउन सक्ने स्थितिमा हुने छैन ।’
–डेली मेलको सहयोगमा ।