काठमाडौं । आईसीसी महिला यू-१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान)ले ४४ खेलाडीलाई क्लोज क्याम्पको लागि बोलाएको छ ।
बिहीबार क्यानले विश्वकप छनोटको लागि भन्दै ४४ महिला किशोरी खेलाडीलाई पहिलो चारणको क्याम्पमा बोलाएको हो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ महिला विश्वकपको लागि खेलाडीलाई क्याम्पमा बोलाइएको हो ।
क्लोज क्याम्प वैशाख १० गतेबाट सुरु हुने समेत क्यानले जनाएको छ ।
पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ ।
क्याम्पमा बोलाइएका खेलाडीहरु :
हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादब, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, जोति दनवर, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ति मगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल