काठमाडौं । 'विस्डेन लिडीङ क्रिकेटर इन द ओर्ल्ड'मा इंग्ल्यान्डका जो रुट घोषित भएका छन् ।
सन् २०२१ को लिडीङ क्रिकेटर इन द ओर्ल्डमा इंग्ल्यान्डका ब्याटर जो रुट घोषित भएका हुन् ।
३१ वर्षे रुटले सन् २०२१ मा १५ खेल खेल्दै १ हजार ७ सय ८ रन बनाएका थिए । रुटले बनाएको यो रन एक वर्ष अवधिमा कुनै पनि खेलाडीले टेस्ट क्रिकेटमा बनाएको तेस्रो सर्वाधिक रन हो ।
रुटको उत्कृष्ट ब्याटिङ लय रहेपनि इंग्ल्यान्डले गत वर्ष मात्र ४ टेस्ट खेल जितेको थियो । इंग्ल्यान्डले लगातार नतिजा निकाल्न नसक्दा रुटले कप्तानबाट गत साता राजिनामा दिएका थिए ।
'विस्डेन लिडीङ क्रिकेटर'को उपाधि जित्ने रुट तेस्रो इंगलिस खेलाडी हुन् । खेल जीवनमा एक खेलाडीले मात्र एक पटक यस 'लिडीङ क्रिकेटर'को उपाधि पाउने छन् ।
यस्तै विस्डेन पाँच क्रिकेटर अफ द इयरमा भारतका रोहित शर्मा, जस्प्रित बुम्रा, न्युजिल्याण्डका डेभोन कन्वे, इंग्ल्यान्डका फास्ट बलर ओल्लेई रोबिन्सन र दक्षिण अफ्रिकाकी महिला कप्तान डेनी भन निकेर्क घोषित भएका छन् ।
यस्तै पाकिस्तानी विकेटकिपर मोहमद रिजवानलाई विस्डेन टी-ट्वान्टी क्रिकेटर इन द ओर्ल्ड घोषणा भए ।