काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहिबार) सर्वाधिक सफल दुई टोली भिड्दै छन् ।
साविकको विजेता चेन्नई सुपर किंग्सले पाँच पटकको लिग विजेता मुम्बई इन्डियन्सको सामना गर्दै छ ।
मुम्बईको डी वाई पाटिल क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुने छ ।
चेन्नई र मुम्बईको भिडन्त आईपीएलको एल क्लासिको हो । आईपीएलमा १४ संस्करण सकिंदा यी दुई टोलीले ९ पटक उपाधि जितेका छन् ।
यी दुई टोली प्राय सबै संस्करणमा शीर्ष स्थानका ठुलो प्रतिष्पर्धी हुन् । तर नयाँ संस्करणको जारी आईपीएलमा इतिहास फेरिएको छ । ८ टिमको लिगलाई नयाँ २ टिम थप गरेर १० टिमको सहभागिता गरिएको यस आईपीएलमा लिगको मध्यतिर आईपुग्दा दुवै टोली संघर्षरत छन् ।
जारी लिगमा दुवै टोलीलले समान ६ खेल खेलिसकेका छन् । चेन्नईले १ खेलमा जित निकाल्दा ५ खेलमा पराजित हुँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
मुम्बई भने ६ खेलमा कुनै जित निकाल्न सकेको छैन । लिगमा पहिलो जितको खोजीमा रहेको मुम्ब इतिहासको खराब प्रदर्शन गर्दै तालिकाको पुछारमा छ ।