काठमाडौं । पाकिस्तान क्रिकेट टोलीले नेदरल्यान्ड्सको भ्रमण गर्ने भएको छ ।
पाकिस्तानले आगामी अगस्टमा नेदरल्यान्ड्सको भ्रमण गर्ने भएको हो ।
आईसीसी एकदिवसीय विश्वकप सुपर लिग अन्तर्गतको सिरिजका लागि पाकिस्तानले नेदरल्यान्ड्सको भ्रमण गर्न लागेको हो ।
भ्रमण दौरान पाकिस्तानले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । सिरिजको खेल अगस्ट १६, १८ र २१ मा हुनेछ ।
यस अघि पाकिस्तानले २०२० मै नेदरल्यान्ड्सको भ्रमण गर्ने तालिका रहेको थियो ।
तर, कोभिड-१९ को महामारीले भ्रमण स्थगित गरिएको थियो ।