काठमाडौं। नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।
आइतबार राति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा डाभिड मिल्लरले अविजित रहदै ९४ रनको अर्धशतकीय इनिङ खेले । कप्तान राशिद खानले ४० रन जोड्दा अभिनव मनोहरले १२ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा महेश थिकसनाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेले । अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे ।
गुजरातका अल्जारी जोसेफले २ विकेट लिए ।
यस जितसँगै गुजरातले ६ खेलमा १० अंक जोडेको छ ।
गुजरात शीर्ष स्थानमा यथावत रहेको छ ।

चेन्नईको यो पाँचौं हार हो ।
चेन्नई २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।