काठमाडौं। सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।
आइतबार भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै हैदरावादले चौंथो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हैदरावादको जितमा एडिन मार्क्रमले अविजित ४१ रन जोड्दा निकोलस पुरनले अविजित ३५ रन बनाए। राहुल त्रिपाठीले ३४ तथा अविशेक शर्माले ३१ रन बनाए ।
पन्जाबका राहुल चाहरले २ तथा कागिसो राबडाले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर अलआउट हुँदै १ सय ५१ रन जोडेको थियो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ खेले । शाहरुख खानले २६ रन बनाए ।
हैदरावादका उमरान मलिकले ह्याट्रिकसहित ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए ।
मलिकले १९ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिएर ह्याट्रिक गरेका थिए ।
यस जितसँगै हैदरावाद चौंथो स्थानमा उक्लिएको छ । हैदरावादले ६ खेलमा ८ अंक जोडेको छ ।
पन्जाब ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा झरेको छ ।
