काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्स खराब लयमा रहेको छ ।
जारी सिजन मुम्बईले जित निकाल्न सकेको छैन । मुम्बईले लगातार ६ खेलमा हार व्यहोरिसकेको छ ।
मुम्बई लगातार ६ खेलमा पराजित रहेको यो पहिलो पल्ट हो ।
खराब लयमा गुज्रिरहेपनि मुम्बई पुनरागमनको योजनामा रहेको छ ।
मुम्बईका कप्तान रोहित टिमले पुनरागमन गर्नेमा विश्वस्त छन् ।
'संसारको अन्त्य भएको होइन । हामी पहिले पनि फर्केका छौं । हामी फेरि फर्कने प्रयास गरिरहेका छौँ,' रोहितले स्टार स्पोर्ट्ससँग भने ।
शनिबार मुम्बई नव प्रवेशी क्लब लखनउसँग पराजित भएको थियो ।
मुम्बई ६ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।