काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछ ।
आइतबार हुने पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पन्जाब आज चौंथो जित निकाल्ने योजनामा रहेको छ । पन्जाब ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
हैदरावाद पनि चौंथो जितको योजनामा रहेको छ । हैदरावाद ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दोस्रो खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ।
गुजरात आज पाँचौं जितको खोजीमा रहेको छ । शीर्ष स्थानको गुजरातले ५ खेलमा ८ अंक जोडेको छ । चेन्नईलाई हराएर गुजरात शीर्ष स्थान कायम राख्न चाहन्छ ।
चेन्नई भने दोस्रो जित निकाल्न चाहन्छ । चेन्नई ५ खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।