काठमाडौं । इन्डियन प्रिमियर लिगमा सर्वाधिक सफल फ्रान्चाइज टिममा पर्छ, मुम्बई इन्डियन्स । अचेल यो टिम लयमा छैन्, त्यसैले त उनको नाममा त्यस्तो कीर्तिमान जोडिएको छ, जुन वास्तवमै ‘अनवान्टेड’ छ । हिजै मात्र मुम्बई लखनाउ सुपर जायन्ट्ससँग पराजित रह्यो र यो थियो, उसको लगातार छैटौं हार ।
त्यसको अर्थ हो, सन् २०२२ को संस्करणमा मुम्बई अहिलेसम्म एक पनि जित निकाल्न असफल रहेको छ र शून्य अंकमा यो टिम सबैभन्दा पुछारमा छ । यो ‘अनवान्टेड’ कीर्तिमान अन्य दुई टिमसँग जोडिएका छन् र त्यसमा अब मुम्बई पनि जोडिएको छ । मुम्बई लगातार छ खेलमा पराजित रहेको यो पहिलो पल्ट हो ।
सन् २०१४ मा पनि मुम्बईले यसरी नै पाँच खेलमा पराजित रहेर पनि प्ले अफका लागि छनोट भएको थियो, सायद यसपल्ट यस्तो हुन्न होला । मुम्बई मात्र लगातार छ खेल गुमाउने पहिलो टिम भने होइन् । सन् २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर र सन् २०१३ मा त्यो बेलाका दिल्ली डेयरडेभल्स यरी नै लगातार छ खेलमा पराजित रहेको थियो ।
यो नै अहिलेसम्मको खराव प्रदर्शन पनि होइन । पुने वारियर्स र त्यही दिल्ली डेयरडेभल्सको नाममा छ, सबैभन्दा बढी ११ खेलमा लगातार पराजित रहेको ‘अनवान्टेड’ कीर्तिमान । सन् २०१२ र २०१३ बीच पुने लगातार ११ खेलमा पराजित भएको थियो । सन् २०१४ देखि २०१५ बीच दिल्लीले यसरी नै ११ खेल गुमाएको थियो ।
–इन्डियन एक्सप्रेसको सहयोगमा ।