काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा केएल राहुलले शतक प्रहार गरेका छन् । राहुलले शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गरेका हुन् ।
खेलमा राहुलले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रनको अविजित इनिङ खेले । आईपीएलमा राहुलको यो तेस्रो शतक हो । राहुल आज आईपीएलमा १ सयौं खेल खेल्दै छन् ।
राहुलको शतकमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।
लखनउको ठुलो स्कोरमा राहुलले शतकीय इनिङ खेल्दा क्विन्टन डी ककले २४, मनिष पाण्डेले ३८ रनको योगदान गरे ।
मुम्बईका जयदेव उनाद्कटले २ विकेट हात पारे ।
लिगमा ५ खेल खेलिसक्दा मुम्बई पहिलो जितको खोजीमा रहेको छ । लखनउ ५ खेलमा ३ जित निकाल्दै पाँचौं स्थानमा छ ।