काठमाडौं । रुपन्देही-११ ले नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
सिदार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको फाइनलमा मलेसिया-११ लाई ७ विकेटले हराउँदै रुपन्देही च्याम्पियन बनेको हो ।
मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
रुपन्देहीको जितमा प्रज्वल थापाले ७१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै सन्दीप रजालीले ४१ रन बनाए । देव खनाल १२ रनमा आउट भए ।
मलेसियाका मुहमद वाफिक, सायद अजिज र शार्विनले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
मलेसिया-११ का नज्रिल रहमानले ३६, सेईद अजिजले २० तथा जुबईदी जुल्कफ्लेले २६ रन बनाए ।
रुपन्देही-११ का बसिर अहमदले २ तथा कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले समान १ विकेट हात पारे ।
उपाधिसँगै रुपन्देहीले २ लाख ५० हजार प्राप्त गरेको छ ।
मलेसियाले १ लाख प्राप्त गर्यो ।
तेस्रो भएको भारतको उत्तर प्रदेशले ५० हजार र चौंथो भएको आर्मीले २५ हजार प्राप्त गरेको छ ।
रुपन्देहीका बसिर अहमेद प्लेयर अफ दि टुर्नामेन्ट चुनिए ।