काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधिको लागि मलेसिया-११ ले रुपन्देही-११ लाई १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिदार्थनगर क्रिकेट रंगशालामा जारी फाइनल खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो ।
मलेसिया-११ का नज्रिल रहमानले ३६, सेईद अजिजले २० तथा जुबईदी जुल्कफ्लेले २६ रन बनाए ।
रुपन्देही-११ का बसिर अहमदले २ तथा कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले समान १ विकेट हात पारे ।