काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा समेत नेपाल १८ औं स्थानमा थियो ।
नयाँ वरीयतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल अमेरिका र पपुवा न्युगिनी रहेको छ ।
नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले २ खेल मात्र जित्न सफल भएको थियो ।
नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
यस्तै, दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ ।
टी–ट्वान्टी वरीयतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।