काठमाडौं । इंग्ल्यान्डका पूर्व क्रिकेट कप्तान माइकल भनले बेन स्टोक्सलाई टेस्ट टिमको कप्तानी दिनु पर्ने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै माइकलले बेन स्टोक्स कप्तानीमा उपयुक्त हुने बताएका हुन् । तर, उनलाई सिनियर खेलाडीको साथ हुनुपर्ने माइकलको भनाइ छ ।
'यस स्थान लिन सक्ने मैले अरू कसैलाई देख्दिन,' माइकलले भने, 'बेन स्टोक्सलाई तपाईले स्पष्ट रूपमा पाउनु भएको छ जससँग एक स्मार्ट क्रिकेट दिमाग छ । उसले सबै कुरा दिनेछ । उसले पक्कै पनि आफ्ना वरपरका खेलाडीहरूको सम्मान गर्नेछन् ।'
जोए रुटले कप्तानी छाडेपछि टेस्ट कप्तानको खोजि भईरहेको छ । रुटले शुक्रबार कप्तानी छाडेका थिए।
वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाएपछि रुटको आलोचना हुँदै आएको थियो । जसको कारण उनले कप्तानी छाडेका हुन् ।
३१ वर्षीय रुटले २०१७ मा कप्तान चयन भएका थिए । रुटले ६४ टेस्टमा इंग्ल्यान्डको नेतृत्व सम्हालेका थिए । त्यसमधये २७ टेस्टमा इंग्ल्यान्ड विजयी रहेको छ । इंग्लिस कप्तानले जितेको सबैभन्दा बढी टेस्ट हो