आईपीएल : राजस्थान र गुजरात भिड्दै
बिहिबार, बैशाख १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबारएक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
राजस्थान आज चौंथो जितको खोजीमा रहेको छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ ।
पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन् लागेको हो । गुजरातले यसै सिजनबाट आईपीएलमा खेलिरहेको हो ।
आईपीएल : राजस्थान र गुजरात भिड्दै










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

