• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटमा ०७८ : उथलपुथल भएको वर्ष
विश्वास थापा
बिहीबार, वैशाख १, २०७९ विश्वास थापा
क्रिकेटमा ०७८ : उथलपुथल भएको वर्ष

काठमाडौं । कोरोना माहामारीबाट थालिएको नेपालले घरेलु मैदानमा दुई अन्तराष्ट्रिय क्रिकेट सिरिज जित्नु वर्ष २०७८ को सुखद पक्ष रह्यो । नेपाली क्रिकेटले यो वर्ष तीन उपाधि जित्यो । घरेलु मैदानमा पुरुष टिमले दुई सिरिज र कतारमा महिला टिमले एतिहासिक सिरिज जित्न सफल भयो । यो बाहेक नेपालले क्रिकेटमा खासै उपलब्धि गर्न सकेन ।

यसवर्ष नेपाली क्रिकेट मैदान भित्र र बाहिर उत्तिकै चर्चामा रह्यो । नेपाल घरेलु मैदानमा सिरिज जित्दै जति चर्चा कमायो, त्यो भन्दा धेरै चर्चा मैदान बाहिरपनि पायो ।

नेपालका सर्वाधिक सफल कप्तान पारस खड्काको सन्यास, डेव ह्वाटमोरको बिछोड, क्यानका सचिब अशोकनाथ प्याकुरेलको राजिनामा, खेलाडी विवाद र कारवाही, सन्दीप लामिछाने नयाँ कप्तान, टी ट्वान्टी विश्वकपको छनोटमा असफलता जस्ता कारणले नेपाल क्रिकेट वर्षभरी चर्चामा रह्यो ।

पारसको सन्यास

करिब १० वर्ष राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्दै एतिहासिक टी ट्वान्टी विश्वकप खेलाउनेदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसले गत साउनमा सबै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । कप्तानीबाट हात झिकेको एक वर्षपछि पारसले क्रिकेटबाट सन्यास लिएका हुन् । उनले खेलाडी जिवनपछि क्रिकेटको सर्वोच्च निकायमा स्थान बनाउने उद्देश्यले सन्यास लिएको बताएका थिए । हाल पारस आफ्नै एकेडेमी क्रिकेट एक्सिलेन्स सेन्टरमा नयाँ खेलाडी उत्पादनमा काम गर्दै आएका छन् ।

पारस खड्का : सफल कप्तान

हवाटमोरसँग विछोड, पुबुदु फर्किएको वर्ष

नेपाल क्रिकेटले हालसम्म पाएको हाईप्रोफाइलका प्रशिक्षक थिए, डेव ह्वाटमोर । श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक ह्वाटमोरको आगमनमा नेपालले उत्कृष्ट प्रदर्शन समेत दिएको थियो । उनको प्रशिक्षणमा नेपालले वैशाखमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज जितेको हो । उनले राष्ट्रिय टिम सम्हालेको छोटो समयमा नेपाललाई दुई विश्वासिलो ओपनर दिएका थिए । कुशल भुर्तेल र आसिफ शेख उनैको उपज हो । एक वर्षको सम्झौतामा नेपाल आएका उनी आफ्नो कार्यकाल पुरा नहुदै अलग्निे निर्णय लिए ।

ह्वाटमोरले छाडेपछि क्यानले नेपाली क्रिकेटका सफल प्रशिक्षक पुबुदु दसानायाकेलाई राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीमा फर्कायो । सन् २०१४ को टी ट्वान्टी विश्वकपमा नेपाललाई छनोट गराएर उत्कृष्ट प्रदर्शन गराउनुमा पुबुदुको ठुलो हात मानिन्छ । पुबुदु समक्ष फेरी एक पटक नेपाललाई टी ट्वान्टी विश्वकपमा पुर्याउने सुनौलो मौका थियो । तर छनोट प्रतियोगिताको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल अन्तिम समयमा चुक्न पुग्यो ।

समस्या समाधान भयो, खुशी छौँ - पुबुदु

क्यानका सचिव र उपाध्यक्षको राजिनामा

गत असोजमा क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले एकै साथ राजिनामा दिए र क्यानबाट अलग भए । अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट दुई वर्षअघि क्यान निलम्बनमा रहेको अवस्थामा प्याकुरेल र श्रेष्ठ दुवैले चुनाब जितेका थिए । चार दशक लामो समय क्यानमा बिभिन्न पदमा रहेर कम गरेका प्याकुरेलले आकस्मिक रुपमा बाहिरिदा धेरैलाई आश्चार्यमा पारेको थियो ।

खेलाडी र क्यानको रस्साकस्सी

मंसिरमा क्यानले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, अलराउन्डर सोमपाल कामी र फास्ट बलर कमल सिंह ऐरीलाई कारवाही गर्यो । चार खेलाडीले अनुशासन विपरित सञ्चारमाध्यममा बोलेको भन्दै क्रिकेट संघले कारवाही गरेको थियो । खेलाडी ग्रेडिङमा चित्त नबुझेको भन्दै खेलाडीले सञ्चारमाध्यममा असन्तुष्टि पोखेका थिए । क्यानले चार खेलाडीलाई दुई पटक स्पष्टीकरण सोध्यो । क्यानलाई स्पष्टीकरण चित्त नबुझेको भन्दै ६ महिना केन्द्रीय सम्झौताबाट हटाउने निर्णय गर्यो र कप्तान र उपकप्तानको पद खोस्यो । तर कारबाहीमा परेका चार खेलाडीलाई केही महत्वपुर्ण खेलाडीले साथ दिएपछि बन्द प्रशिक्षण प्रभावित हुने अवस्थामा बनेको थियो । अन्तत लामो छलफल पछि क्यानले खेलाडीमाथि गरिएको ६ महिनाको केन्द्रिय सम्झौताको कारवाही फिर्ता गर्दै सहमती जुटायो । यसले खेलाडी र क्यानबीचको द्वन्द पुन एक पटक सतहमा आयो । खेलाडीबीचको गुटगत लडाँई बाहिर प्रस्ट रुपमा देखियो । क्रिकेटमा वर्ष २०७८ खेलाडी र क्यानको विवाद एउटा हट–केक बनेर रह्यो ।

कप्तानको जिम्मेवारी सन्दीपलाई

क्यान र खेलाडीको विवादले नेपाल क्रिकेटले नयाँ कप्तान पायो । ज्ञानेन्द्र मल्ललाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्दै क्यानले कप्तानबाट हटाएर युवा स्टार सन्दीप लामिछालाई नयाँ कप्तानको रुपमा नियुक्त गर्यो।

एक खेल हार्दा विश्वकप खेल्ने मौका फुत्कियो

टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा मज्जाले छाएको नेपालले विश्वकप छनोटको महत्वपुर्ण मौका गुमाउन पुग्यो । नेपालले वर्षभरी १८ टी ट्वान्टी खेल खेल्दा १४ खेल जित्न सफल भयो । नेपाललाई यसवर्ष टी ट्वान्टी विश्वकप खेल्ने सुनौलो मौका थियो । ओमानमा भएको टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट एमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनल पुग्यो, जुन विश्वकपबाट मात्र एक जित टाढा थियो । तर महत्वपुर्ण खेलमा नेपाल यूएईसँग ६७ रनले पराजित हुँदा विश्वकप सपना समाप्त भयो । दुई राष्ट्र विश्वकप छनोट हुने प्रतियोगितामा नेपाल तेस्रो भयो ।

युएईसँग फेरि हार्यो नेपाल

शतकको वर्ष

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा वर्ष २०७८ मा चार शतक प्रहर गर्यो । दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउँदा नेपालले दुई शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा थप गर्यो । कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गरे । कुशलले विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध शतक बनाउँदा दिपेन्द्रले घरेलु मैदानमा मलेसियाविरुद्ध शतक बनाए ।

यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा रोहित पौडेल र दिपेन्द्रले शतक बनाए । रोहित र दिपेन्द्रले घरेलु मैदानमा पीएनजीविरुद्ध शतक बनाएका थिए । दिपेन्द्रले ८ दिनमा दुई फरक फम्र्याटमा शतक प्रहार गरेका थिए । नेपालले एकै वर्षमा चार शतक बनाएको वर्ष २०७८ मै हो ।

दिपेन्द्रको पहिलो एकदिवसीय अर्धशतक 

घरेलु मैदानमा नेपालको रवाफ

नेपालले वर्षको सुरुवातमा घरेलु मैदानमा सिरिज जित्दै शानदार सुरुवात गर्यो र वर्षको अन्तिममा समेत सिरिज जित्दै वर्षलाई शानदार तरिकाले बिदाई गर्यो । वैशाखमा त्रिदेशीय टी ट्वान्टी क्रिकेटमा मलेसिया र बलियो टोली नेदरल्याण्डलाई आतिथ्यता गरेको नेपालले शानदार प्रदर्शन गर्दै उपाधि जित्यो । घरेलु मैदानमा नेपालले पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भयो ।

नेपालले आफ्नै मैदानमा दोस्रो पटक टी ट्वान्टी सिरिज जित्दै वर्षको अन्त्य गर्यो । मलेसिया र पपुवा न्युगिनी (पीएनजी)लाई त्रिकोणात्मक सिरिजमा आतिथ्यता गर्दै नेपालले शानदार तरिकाले सिरिज क्लिन स्विप गर्न सफल भयो । घरेलु मैदानमा नेपालले वर्ष २०७८ मा दुई एकदिवसीय र १० टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । एकदिवसीयमा संयुक्त टिमले प्रदर्शन गर्न नसक्दा दुई शतकका बाबजुद नेपाल दुवै खेलमा पराजित भयो । तर टी ट्वान्टीमा नेपालले घरेलु मैदानमा बेग्लै छाप छोड्यो । नेपालले १० मध्य ९ खेलमा शानदार जित निकाल्दा ५ पटक दुई सय रनको आँकडा पार गर्यो ।

एकदिवसीयमा औषत 

वर्ष ७८ मा नेपालले १२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । घरेलु मैदानमा दुई खेल खेलेको नेपालले बाँकी १० यूएई र ओमानमा खेल्यो । नेपालले एकदिवसीयमा औसत भन्दामाथिको प्रदर्शन गर्न सकेन । नेपालले १२ खेलमा ६ जित र ६ हार व्यहोर्यो । आईसीसी विश्वकप लिग टुमा फड्को मार्न असफल भयो । बलियो ओमानलाई उसैको घरमा एक खेलमा पराजित गरेको नेपालले यूएईमा मध्यम लक्ष्यलाई भेट्टाउन नसक्दा एकदिवसीयकै खराब प्रदर्शन गर्यो ।

खराब ब्याटिङको करण यूएईमा नेपालले सिरिज जित्ने मौकासँगै लिग टुमा जित अन्तर बढाउने अवसर खेर फाल्यो । नेपालले पीएनजीलाई लगातार ४ पटक एकदिवसीयमा पराजित गर्दा घरेलु भूमिमा दुई खेलको सिरिजमा क्लिन स्विप व्यहोर्यो ।

युवा खेलाडीको डेब्यु वर्ष

वर्ष २०७८ मा नेपालका १३ खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । एकदिवसीयमा ३ खेलाडी, टी ट्वान्टीमा ६ खेलाडी र दुवै फम्र्याटमा ४ खेलाडीले डेब्यु गरे । कुशल भुर्तेल, आसिफ शेख र आदील अन्सारी डेब्युबाटै चम्किने खेलाडी रहे । कुशल र आसिफले डेब्यु खेलमा दुवैले अर्धशतक बनाउँदा नेपालले लामो समयदेखि अभाव गरिरहेको ओपनिङ जोडीको पूर्ति गर्ने सम्भावना देखाए । त्यसयता यी जोडीले निरन्तर नेपालको इनिङ्समा ओपनिङ गर्दै आएका छन् ।

आदीलको यस्तो कीर्तिमान, अफ्रिदीलाई पछि पारे 

आदील आफ्नो डेब्यु खेलमा आक्रमक फिनिसरको परिचय दिए । देव खनालले डेब्युमा डक हुँदा दोस्रो खेलमा जिम्मेवारीपुर्ण इनिङ खेल्दै अर्धशतक बनाए । वर्ष अन्त्यमा डेब्यु गरेका यी दुईको परिक्षा बाँकीनै छ । कुशल, आसिफ, देव र आदीलले ठुलो सम्भावना देखाउँदा अन्य खेलाडीको औसत प्रदर्शन रह्यो ।

एकदिवसीयमा मात्र डेब्यु गर्ने – विक्रम सोब, भीम सार्की, देव खनाल

दुवै फर्म्याटमा डेब्यु गर्ने – कुशल भुर्तेल, आसिफ शेख, सागर ढकाल, गुलशन झा

टी ट्वान्टीमा मात्र डेब्यु गर्ने – शाहब आलम, कमल सिंह ऐरी, विवेक यादव, लोकेश बम, दिलिप नाथ, आदिल अन्सारी

दिपेन्द्रको एक हजार रन

राष्ट्रिय क्रिकेट टिमका अब्बल अलराउन्डर दिपेन्द्र सिंह ऐरी वर्ष २०७८ मा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बने । उनले ३४ टी ट्वान्टी अन्तर्राष्ट्रिय इनिङमा एक हजार रन पुरा गर्न सफल भए । दिपेन्द्र टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली हुन् । उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ शतक र ५ अर्धशतकको मद्दतमा १ हजार ३३ रन बनाउन सफल छन् ।

५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल

सन् २०१४ मा पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले ८ वर्षपछि आफ्नो ५० औं खेल पुरा गर्यो । घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीसँगको खेलमा नेपालले आफ्नो ५० औं टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्यो ।

करणको ह्याट्रिक, सन्दीप र करणको ५० विकेट 

वर्ष २०७८ मा सन्दीप लामिछाने र करण केसीले टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरे । सन्दीपले ओमानमा चारदेशीय श्रृङ्खलामा आयरल्याण्डविरुद्ध ५० विकेट पुरा गरे । उनले  २९ खेलमा टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट लिदै विश्व क्रिकेटमा छिटो ५० विकेट पुरा गर्ने तेस्रो खेलाडी बने ।

करण टी-ट्वान्टी अन्तराष्ट्रियमा ह्याट्रिक लिने पहिलो नेपाली

सन्दीपले वर्ष २०७८ मा एकदिवसीयमा समेत ५० विकेट पुरा गरे । उनी एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बने । उनले २२ खेलमा यो सफलता हात पारे । यस्तै सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वका दोस्रो खेलाडी बने । सन्दीपले भारतका अजित अगरकरको कीर्तिमान भंग गरे।

करणले ३६ खेलमा ५० विकेट पुरा गर्दा टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने दोस्रो नेपाली बने । यस्तै करणले त्रिकोणात्मक सिरिजको पीएनजीविरुद्ध ह्याट्रिक लिन सफल भए । करण टी ट्वान्टी क्रिकेटमा ह्याट्रिक लिने पहिलो र एक्लो नेपाली खेलाडी बने ।

चलायमान घरेलु क्रिकेट

घरेलु क्रिकेट प्रतियोगिताले निरन्तरता पाउन नसकेको बेला वर्ष २०७८ महिला तथा पुरुष दुवैले घरेलु क्रिकेटमा अभ्यस्त हुन पाए । एभरेष्ट प्रिमियर लिगले दुई वर्षपछि आफ्नो संस्करणलाई निरन्तरता दियो । यस्तै क्यानले चार प्रतियोगिता आयोजना गर्यो । प्रधानमन्त्री कप महिला र पुरुष राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिंदा ललितपुर मेयर कप महिला क्रिकेट र यू–१९ महिला राष्ट्रिय क्रिकेटलाई थप गर्यो ।

महिलाले जित्यो अन्तर्राष्ट्रिय सिरिज

नेपाली महिला क्रिकेट टिमले वर्ष २०७८ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । कतारमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप गर्दै नेपालले एतिहासिक अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भयो । सिरिजमा सीता राना मगर, इन्दु बर्मा र रुबिना क्षेत्रीले अर्धशतक बनाउन सफल रहे । तर दुबईमा महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा ५ मध्य ३ खेलमा जित निकाल्दै तेस्रो स्थानमा सिमित हुँदा विश्वकप ग्लोबल छनोट गुमायो ।

नेपालको महिला क्रिकेट टिमलाई ऐतिहासिक सिरिज

सीता फ्रेन्चाइज क्रिकेटमा

वर्ष २०७८ मा राष्ट्रिय महिला टिमकी उपकप्तान सीता राना मगर फेयर ब्रेक इन्भिटेसनल २०२२ मा अनुबन्धन हुँदा अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा अनुबन्धन हुने पहिलो महिला क्रिकेटर बनिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP