मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल ०७८ : मैदान भित्र पनि मैदान बाहिर पनि

बुधबार, ३० चैत्र २०७८खेलपाटी संवाददाता
फुटबल ०७८ : मैदान भित्र पनि मैदान बाहिर पनि
Loading ad...
mustang rice ad

काठमाडौं । त्यसै अरू खेलले फुटबलसँग ईर्ष्या गर्ने होइन्, यो फुटबल भन्नु नै यस्तो । जे जस्तो भए पनि यसकै चर्चा हुने गर्छ । वर्ष ०७८ पनि धेरै अर्थमा फुटबलमय रह्यो । वर्षको सुरुदेखि अन्त्यसम्म फुटबलमा केही न केही भइरहे, राम्रो पनि नराम्रा पनि । यो खेलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा रहेका होस अथवा पुरुष टिमका मुख्य प्रशिक्षक, फेरि अथवा खेलाडी नै सही धेरै पात्रहरू चर्चामै रहे । साँच्चै नेपाली फुटबलले यो वर्षलाई कसरी सम्झने त ?

सबैभन्दा मैदान भित्रकै कुरा । मैदान भित्रको सबैभन्दा ठूलो उपलब्धि रह्यो, नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नु । दक्षिण एसियाली फुटबलको यो सर्वोच्च प्रतियोगिता कस्तो भने यसमा नेपाल यस अगाडि कहिले पनि फाइनल पुग्न सकेको थिएन् । केही राम्रो गर्न खोजे पनि सेमिफाइनल मै रोकिने । तर यसपल्ट नेपालले यो खड्को काट्न सफल रह्यो । नेपालले सुरुमै माल्दिभ्सलाई उसकै घरमा हरायो, लगतै श्रीलंकालाई पनि पन्छायो ।

नेपाल फर्किएनन् मुख्य प्रशिक्षक अल्मुताइरी

निर्णायक खेलमा नेपालले बंगलादेशलाई पनि बराबरीमा रोकेको थियो । खालि भारतलाई मात्र हराउन सकेन्, चाहे त्यो लिग चरणमा होस अथवा फाइनलमै । यही प्रतियोगिता सँगसँगै कोही एक पात्र अत्याधिक चर्चामा रहे भने त्यो मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी रहे । किन हो, यी कुवेती प्रशिक्षकलाई सधैं चर्चामै रहनु पर्ने । कतै उनको यही बानीले समग्रमा नेपाली खेलाडीको प्रदर्शन त ओझेलमा परेन् ? यसको उत्तर धेरै हदसम्म ‘हो’ नै हो ।

घरेलु फुटबलमा भने मछिन्द्र नयाँ शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल रह्यो । मछिन्द्रले दुई वर्ष अगाडि पनि सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको थियो । वर्ष ०७८ मा पनि यो सफलतालाई दोहराउन सफल रह्यो । त्यस अर्थमा मछिन्द्र सबैभन्दा ठूलो शक्ति रह्यो । तर यही बेला पुराना तीन शक्ति मनाङ मर्स्याङ्दी, थ्री स्टार र पुलिस भने सेलाए । विशेषतः पुलिस अब त्यस्तो रहेन्, जस्तो यो पहिले हुने गर्थ्यो, निकै नाजुक भएको भएको पुलिस फुटबल ।

महिला फुटबलका लागि भने वर्ष ०७८ खासै सुखद रहने भन्दा हुन्छ र यसको कारण हो, नेपाली फुटबलले त्यस्तो एउटा वास्तविकतासँग आत्मसात् गर्नु पर्‍यो, जसले भन्छ, अब दक्षिण एसियाली महिला फुटबल नेपालको पकड अब कमजोर भएको छ । यस अगाडि नेपालको स्थिति प्रत्येक अवस्थानमा दोस्रो थियो, नेपाल नै त्यस्तो टिम थियो, जसले भारतलाई चुनौती दिन सक्थ्यो । तर अब नेपालले यही दोस्रो स्थानका लागि भने बंगलादेशसँग प्रतिस्पर्धा गर्ने पर्ने भएको छ ।

दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन

साफ च्याम्पियसपन यू-१९ र यू-१८ को नतिजाले स्पष्ट रूपमा यही भन्छ । जहाँसम्म मैदान बाहिरको कुरा छ, एन्फाको निर्वाचन नजिकैछ । त्यसकै असर एन्फामा धेरै अगाडिदेखि सुरु भइसकेको थियो । वर्ष ०७८ मा त त्यो उत्कृर्षमै पुग्यो भन्दा हुन्छ । अहिले एन्फामा स्पष्ट कित्ताकातको स्थिति छ, एकतर्फ छन् अध्यक्ष कर्माछिरिङ शेर्पा, अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ । चार वर्ष यी दुई गुट एकै स्थानमा थिए, ‘चेन्ज एन्फा’ को नाममा ।

मैदान बाहिरको यो चुनावी प्रतिस्पर्धालाई धेरै हदसम्म स्विकार्न पनि सकिन्छ, किन भने यस्तो स्वभाविक छ । तर दुःख के भन्दा यसमा मुख्य प्रशिक्षक अल्मुताइरी पनि मुछिए । अनि यसले मैदान भित्रको फुटबल पनि प्रभावित हुन थालेको छ, यो भने ठूलै समस्या रह्यो । यसबीच नेपाल सुपर लिग (एनएसएल) ले पनि नेपाली फुटबलमा चर्को विवाद निम्त्याउने काम गर्‍यो । विवाद बढ्दै गए पछि यसले क्लबविरुद्ध एनएसएलको रूप पनि लियो ।

फुटबलको एउटा सर्वोमान्य मान्यता के छ एउटा देशमा एउटै लिग हुन्छ, दुई वटा हुन्न । कोही कसैले फुटबलमा असाध्यै विकास भएका देशमा दुई परस्पर विरोधी लिग भएको सुन्न परेको छ र ? छैन् । हो, कसैले भारतको उदाहरण दिन सक्छ । तर यसले भारतीय फुटबलमा के नै गर्‍यो ? गर्‍यो त यस्तै विवाद, अनि फुटबलको परम्परालाई तोड्ने काम । नेपाली फुटबल कहिले पनि यस्तो विवादमा फस्नु ठीक हुन्न । वर्ष ०७८ ले नेपाली फुटबललाई भन्न खोजेको यही हो । 

Loading ad...
LiNing Ad
फुटबल २०७८ : मैदान भित्र पनि मैदान बाहिर पनि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य