टी-ट्वान्टी सिरिज विजेता टोलीले जनही २ लाख पाउने
बुधबार, चैत ३०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज विजेता खेलाडीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिरिज विजेता टोलीलाई जनही २ लाखले पुरस्कृत गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले सिरिज विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको सिरिजमा नेपाल, पपुवा न्युगिनी र मलेसिया रहेको थियो ।
नेपालले फाइनलमा पीएनजीलाई हराएको थियो ।
सरकारको निर्णयसँगै १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
टी-ट्वान्टी सिरिज विजेता टोलीले जनही २ लाख पाउने










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

