काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
बुधबार राति भएको खेलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा नाथन कोलिन्सले गोल गर्दै बर्नलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गर्दा एभर्टनले १-१ गोलको बराबरी फर्कायो ।
खेलको ४१ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीबाटै गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए ।

५७ औं मिनेटमा जे रोड्रिगेजले गोल गर्दै बर्नलीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै बर्नालीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै बर्नलीले २९ खेलमा २४ अंक जोडेको छ । बर्नली १८ औं स्थानमा रहेको छ ।
एभर्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।