काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिख पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बायर्न स्पेनिस क्लब भिल्ला रियलसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भिल्लालाई जित दिलाउन अर्नौट डान्जुमाले निर्णायक गोल गरे । उनले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।
यस्तै भिल्लाका कोक्विलिनले गरेको गोलले मान्यता पाएन । भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो ।

यस्तै जेरार्ड मोरेनोको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
यता, बायर्नले पनि पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
अब दोस्रो लेग खेल बायर्नले आफ्नो घरेलु मैदानमा खेल्नेछ । दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।