काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले डच प्रशिक्षक एरिक टेन ह्यागलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ।
युनाईटेडले डच क्लब आयाक्सका मुख्य प्रशिक्षक रहेका एरिकलाई नियुक्त गर्ने तयारी गरेको इएसपीएनले जनाएको छ ।
५२ वर्षीय प्रशिक्षक एरिकले गत महिना अन्तर्वार्ता दिएका थिए । उनीसँगै अन्य चार प्रशिक्षकले अन्तर्वार्ता दिएका थिए ।
ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेड पनि मुख्य प्रशिक्षक विहीन रहेको छ।
तर, युनाईटेडले राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।