काठमाडौं । झम्सिखेल युथ क्लब सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
बी लिग अन्तर्गत बुधबार सामाजिक युथ क्लब र ब्वाइज युनियनले जित निकालेपछि झम्सिखेल एक खेल अगाबै रेलिगेसनमा परेको हो ।
पुछारमा रहेको झम्सिखेलले १२ खेलमा ९ अंक जोडेको छ ।
आगामी सिजन झम्सिखेलले सी डिभिजन लिग खेल्नेछ ।
रेलिगेसनमा पर्ने अर्को टोलीको टुंगो लाग्न बाँकी रहेको छ ।
लिगको उपाधि भने चर्च ब्वाइज युनाईटेडले जितिसकेको छ ।
चर्च ब्वाइज ए डिभिजनमा समेत बढुवा भएको छ ।
अब ए डिभिजनमा उक्लने अर्को टोलीको टुंगो लाग्न बाँकी रहेको छ ।