काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले एक एक गोल गरिन ।
चन्द्रपुरकी रोजिना श्रेष्ठले एक गोल फर्काइन ।
जितसँगै पुलिसले ५ खेलमा १२ अंक जोडेको छ ।
पुलिस दोस्रो स्थानमा रहेको छ ।
चन्द्रपुरले ५ खेलमा १ अंक जोडेको छ ।
अर्को खेलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई १-० ले हराएको छ ।
विराटनगरको जितमा विपना राईले निर्णायक गोल गरिन् ।
विराटनगरले ५ खेलमा १० अंक जोडेको छ ।
धनगढीले ५ खेलमा ९ अंक जोडेको छ ।