काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले फराकिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले नयाँबस्ती युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो।
खेलको २० औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
७४ औं मिनेटमा आशिष श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयको दोस्रो मिनेटमा विक्रान्त नरसिंह राणाले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ४-० को जित दिलाए।
जितसँगै खुमलटारले १२ खेल्म्मा १९ अंक जोडेको छ ।
खुमलटार तेस्रो स्थानमा उक्लिएको छ ।
नयाँबस्तीले १२ खेलमा १५ अंक जोडेको छ ।