सामाजिकको जितमा सुरेश नायक
बुधबार, २३ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा सामाजिक युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो।
सामाजिकको जितमा दुबै गोल सुरेश खत्रीले गरे ।
खेलको छैटौं मिनेटमा सुरेशले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४५ औं मिनेटमा सुरेशले व्यक्तिगत दोस्रो गोल गर्दै सामाजिकलाई २-० को जित दिलाए ।
जितसँगै सामाजिकले १२ खेलमा १४ अंक जोडेको छ ।
टुसालले पनि १२ खेल १४ अंक नै जोडेको छ ।
सामाजिकको जितमा सुरेश नायक





-1775788668970.webp&w=3840&q=75)









