काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलपछि नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान हुने भएका छन् ।
कतार विश्वकपसम्म डच टोलीको मुख्य प्रशिक्षक लुइस भान गाल नै रहने छन् । विश्वकपपछि भने भान गालको स्थान रोनाल्डले लिने छन् ।
भान गालले हालै आफु क्यान्सरको उपचार गराईरहेको बताएका थिए ।
रोनाल्ड दोस्रो पटक डच टोलीको मुख्य प्रशिक्षक चयन हुन लागेका हुन् ।
यस अघि उनले २०१८ देखि २० सम्म डच टिम हेरेका थिए ।