काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कोभिड-१९ को संक्रमणबाट मुक्त भएका छन्।
रियलले बुधबार एक विज्ञप्ति निकाल्दै कार्लोको कोभिड-१९ को पछिल्लो नतिजा नेगेटिभ आएको जनाएको छ ।
रियलले उनी टिमको प्रशिक्षण शिविरमा सहभागिता जनाउन लण्डन जाने समेत बताए ।
रियलको टोली च्याम्पियन्स लिग खेल्न लण्डनमा रहेको छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियलले चेल्सीसँग आज राति खेल्दैछ । खेल चेल्सीको मैदानमा हुनेछ।