काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई पराजित गरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार ब्वाइज युनियनले मध्यपुरलाई १-० गोलले पराजित गरेको हो ।
ब्वाइज युनियनको जितमा रिवोश मास्केले निर्णायक गोल गरे ।
खेलको २० औं मिनेटमा मास्केले गोल गर्दा ब्वाइज युनियनको जितको आधार बन्यो ।
मध्यपुरका बिबेश गुरुङको गल्तीमा चर्च ब्वाइजले सहज 'मुभ' बनाउँदै गोल गरेको थियो ।
जितसँगै ब्वाइज युनियनले लिगमा तेस्रो जित निकालेको छ ।
ब्वाइजले १२ खेलमा ४ बराबरी र ५ खेलमा हार व्यहोर्दै १३ अंक जोडेको छ । ब्वाइज तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।
लिगमा मध्यपुरको यो छैठौं हार हो । १२ खेल खेलेको मध्यपुर ४ जित र २ बराबरी खेल्दा १४ अंकका साथ तालिकाको ११ औं स्थानमा रहेको छ ।