काठमाडौं । इजिप्टका खेलकुद मन्त्री आश्रफ सोभीले मोहमद सलाहले लिभरपुलसँग नयाँ सम्झौता गर्न चाहेको बताएका छन् ।
सलाहलाई आफुले लिभरपुल छाडेर अन्य क्लब जान सुझाब दिएको तर उनको चाहना नयाँ सम्झौता गर्ने भएको खेलकुद मन्त्री सोभीले बताए ।
'मैले उनलाई लिभरपुल भन्दा अन्य क्लबक लागि सल्लाह दिएका थिए । तर, उनको निर्देशन नयाँ सम्झौता गर्नु रहेको छ,' उनले भने ।
लिभरपुलसँग २९ वर्षीय सलाहको सम्झौता २०२३ सम्म रहेको छ । सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए ।
सलाहले लिभरपुलका लागि २ सय ४० खेलमा १ सय ५३ गोल गरिसकेका छन् ।
उनले लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन् ।