काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३-१ गोल अन्तरले हराएको हो ।
बेन्फिकाको मैदानमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ४९ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
यस जितसँगै लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब दोस्रो लेग लिभरपुलको मैदानमा अप्रिल १४ मा हुनेछ ।