काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित निकालेको छ।
मंगलबार राति भएको खेलमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै सिटीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा जित्नै पर्ने बाध्यता भएको छ ।
दोस्रो लेग एट्लेटिकोको मैदानमा आगामी अप्रिल १३ मा हुनेछ ।
