काठमाडौं । रुसले फिफा विश्वकप फुटबलमा लागेको प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको छ ।
रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको बीबीसीले जनाएको छ ।
युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।
प्रतिबन्धसँगै रुसले विश्वकप छनोट अन्तर्गत पोल्याण्डविरुद्धको प्ले अफ खेल गुमाएको थियो ।
पोल्याण्ड विश्वकपमा छनोट भईसकेको छ ।