काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसिटीले सरस्वती युथ क्लबलाई २-१ ले हराएको हो।
खेलको दशौँ मिनेटमा बिक्रम बिसुंखेले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए ।
तर, २५ औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अमृत गुरुङले गोल गर्दै आरसिटीलाई २-१ को जित दिलाए ।
जितसँगै आरसिटीले १२ खेलमा २१ अंक जोडेको छ ।
आरसिटी दोस्रो स्थानमा रहेको छ ।
सरस्वती १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।