काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले लगातार पाँचौं जित निकालेको छ ।
चितवनको भरतपुरमा मंगलबार भएको खेलमा एपीएफले ललितपुर महानगरपालिकालाई ४-० गोल अन्तरले हराएको हो।
एपीएफको जितमा सावित्रा भण्डारी, हिरा कुमारी भुजेल, सरु लिम्बु र रेनुका नगरकोटीले एक एक गोल गरे ।
जितसँगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
ललितपुरले ५ खेलमा ३ अंक जोडेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई १०-० गोल अन्तरले हराएको छ ।
आर्मीको जितमा सपना लामाले ह्याट्रिक गरिन् ।
शर्मिला थापा मगरले दुई तथा दिपा शाही, रश्मी घिसिङ, हिमा चौधरी, कुशुम खतिवडा र अमिशा कार्कीले एक एक गोल गरिन् ।
जितसँगै आर्मीले ५ खेलमा ९ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा रहेको छ ।
अंक विहीन वालिङ पुछारमा रहेको छ ।