मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्दीप र रामबहादुरलाई स्वर्ण

मंगलबार, २२ चैत्र २०७८खेलपाटी संवाददाता
सन्दीप र रामबहादुरलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् ।

कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे।

पुरुषको ६३ केजी तौल समूहमा कञ्चनपुरका महेन्द्रकुमार चन्दले बाजुराका नेत्रकुमार तिरुवालाई हराउँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो नाम लेखाए । ६९ केजीमा कैलालीका भरत चन्दले कञ्चनपुरका नवीन जाग्रीलाई हराउँदै पहिलो स्थान हात पारे ।

७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसीलाई हराउँदै कैलालीका बालाजी रावलले स्वर्ण पक्का गरे ।  पुरुषकै ८१ केजी तौल समूहमा कैलालीका श्यामबहादुर महताले अछामका प्रेमबहादुर सावदलाई हराउँदै पहिलो स्थान हात पारे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टीलेकैलालीकी ज्योति चौधरीलाई हराउँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् । महिलाकै ५७ केजी तौल समूहमा कैलालीकी सञ्जिता चौधरीले कञ्चनपुरकै प्रतिमा शाहीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल खेलाडीहरुलाई लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका संयोजक दिनेश सिंहलगायतले पुरस्कार प्रदान गरे ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा बाँकेका धर्मवीर चिडीमार र दाङका सुरज ओलीले फाइनलमा स्थान बनाए । धर्मवीरले रोल्पाका महेन्द्रकुमार बुढामगर र सुरजले रुपन्देहीका अभिषेक वाइवालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे । ५७ केजीमा बाँकेका विनोद चौधरीले रुपन्देहीका अमोदसिंह ठकुरी र रोल्पाका निशम घर्तीमगरले दाङका भरत पुन मगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

६३ केजी तौल समूहमा पूर्वी रुकुमका गौतम पुनमगर र दाङका अनिल पुनमगरले फाइनलमा स्थान बनाए । गौतमले रुपन्देहीका गौतम चारु र अनिलले बाँकेका कृष्ण गुरुङलाई पराजित गरे । पुरुष ६९ केजीमा पाल्पाका असिम धिरेन श्रेष्ठ र दाङका विकास रानामगरले फाइनलमा स्थान बनाए । असिमले प्यूठानका दिल राज भण्डारी र विकासले रोल्पाका योगेश बुढामगरलाई पराजित गरे । महिलाको ५७ केजी तौल समूहमा रोल्पाकी सुशीला थापामगरले बाँकेकी सुजनकुमारी कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

Loading ad...
LiNing Ad
सन्दीप र रामबहादुरलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने