• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मछिन्द्र पहिलो खेलमै पराजित
खेलपाटी संवाददाता
मंगलबार, चैत २२, २०७८ खेलपाटी संवाददाता
मछिन्द्र पहिलो खेलमै पराजित

काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट-२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै पराजित भएको छ ।    

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २-१ गोल अन्तरले पराजित भएको हो । हारसँगै मछिन्द्र पहिलो खेलबाटै बाहिरिएको छ ।

मछिन्द्रलाई घरेलु मैदानमा स्तब्ध बनाउने क्रममा ब्लु स्टारका मोहमद इशान र सेनल सन्देशले एक एक गोल गरे ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए ।

ब्लु स्टारले मछिन्द्रविरुद्ध तीन मिनेट भित्र दुई गोल गर्दै जित निकालेको हो ।

खेलको २५ औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लु स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

मोहमद फसलको क्विक फ्रि-किक पासमा इशानले सहजै गोल गरे।

त्यसपछि २८ औं मिनेटमा सेनल सन्देशले गोल गर्दै ब्लु स्टारलाई २-० को जित दिलाए । मछिन्द्रका रञ्‍जित धिमालले क्लियर गर्न नसकेको बलमा सन्देशले उत्कृष्ट गोल गरे ।

खेलको इन्जुरी समयमा कप्तान सुजलले हेडरमार्फत गोल गरेपनि मछिन्द्र २-१ ले स्तब्ध भयो । उनले मनिष डाँगी क्रसमा गोल गरे । तर उनको गोल सान्त्वना गोल बन्यो ।

पहिलो हाफमा दुई गोल व्यहोरेपनि खेलमा मछिन्द्रले पकड जमाएको थियो । तर, गोल भने गर्न सकेन ।

नवौं मिनेटमा मछिन्द्रका नुर्लानको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १६ औं मिनेटमा ब्लु स्टारले पेनाल्टीमा गोल गर्ने अवसर गुमायो । उसका अरीपाडे ओम्बिबीको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

मछिन्द्रका देवेन्द्र तामाङले शेनल सन्देशलाई पेनाल्टी क्षेत्रमा लडाएपछि ब्लु स्टारले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको १८ औं मिनेटमा रंजित धिमालको कर्नरमा मछिन्द्रका देवेन्द्रको हेडर बाहिरिएको थियो ।

३७ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको उत्कृष्ट प्रहार बेलु स्टारका गोलकिपर फेर्नान्डोले उत्कृष्ट बचाऊ गरे ।

खेलको ४९ औं मिनेटमा मछिन्द्रका सुनिल बलको फ्रि-किक ब्लु स्टारका गोलकिपर फेर्नान्डोले मुश्किलले जोगाए ।

५१ औं मिनेटमा ब्लु स्टारका प्रिन्स बोडुको प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाउ गरे ।

खेलको ६० औं मिनेटमा मछिन्द्रका करिमको हेडर पोस्टमा लागेर फर्किएको थियो ।

६४ औं मिनेटमा मछिन्द्रका विमलको प्रहार ब्लु स्टारका गोलकिपरले सहजै बचाए  ।

खेलको ६८ औं मिनेटमा मछिन्द्रले गोलको अवसर गुमायो । अविशेक रिजालको क्रसमा विमलको हेडर पोस्टमा लागेर फर्किएको थियो। त्यहिँ रिबाउन्ड बलमा छिरिङ गुरुङको प्रहार ब्लु क्रसका कप्तान थरिन्दु इरान्गाले गोललाइनबाट क्लियर गरे ।

यस्तै ७७ औं मिनेटमा मछिन्द्रका रञ्‍जित धिमालको क्रसमा अनमार्क रहेका कप्तान सुजल श्रेष्ठको हेडर बाहिरएको थियो ।

अब ब्लु स्टारले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । उक्त खेल अप्रिल १२ मा हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP