काठमाडौं । एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ब्लु स्टारले २-० गोलको अग्रता बनाएको छ ।
खेलको २४ औं मिनेटमा ब्लु स्टारका मोहमद इशानले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
यस्तै २७ औं मिनेटमा सेनल सन्देशले गोल गर्दै ब्लु स्टारलाई २-० को अग्रता दिलाए ।