काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री कुमारी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री कुमारीले श्री भगवतीलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलमा सुरुआती अग्रता भने श्री भगवतीले बनाएको थियो ।
खेलको चौंथो मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा नीर बहादुर आलेले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा ल्याए ।
२१ औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्री कुमारीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा धिरज बस्नेतले गोल गर्दै श्री कुमारीलाई ३-१ को जित दिलाए ।
जितसँगै श्री कुमारीले १२ खेलमा १६ अंक जोडेको छ ।
श्री भगवतीले १२ खेल १५ अंक जोडेको छ ।