काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
मिलान घरेलु मैदानमै बराबरीमा रोकिएको हो ।
बलमा पोसेसनमा पकड जमाएपनि मिलानले गोल गर्न सकेन । बोलोग्नाले पनि गोलको केहि मौकालाई सदुपयोग गर्न सकेन ।
यस बराबरीसँगै मिलानले ३१ खेलमा ६७ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा यथावत रहेको छ ।
बोलोग्ना ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।