काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको हो ।
खेलको १६ औं मिनेटमा जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा जोर्डन एयुले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३-० को जित दिलाए ।
यस जितसँगै क्रिस्टल प्यालेसले ३० खेलमा ३७ अंक जोडेको छ ।
क्रिस्टल प्यालेस नवौं स्थानमा उक्लिएको छ ।
आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
